दल

जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्यो : चन्द्र भण्डारी

इकागज |
फागुन १०, २०८० बिहीबार १४:१३ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भण्डारीले मुलुकमा अधिकारसम्पन्न संविधान बनेपनि तीनै तहका सरकारले जनताका लागि काम गर्न नसकेका कारण व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका हुन् । उनले सरकारका काम ठेक्कापट्टा र स्वार्थ पुरा गर्नेमात्रै नभएको जिकिर गरे । 


भण्डारीले गलत आर्थिक नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको धारणा राखे । सुरु गरेका विकास निर्माणहरू समयमा नै सम्पन्न हुन नसकेको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बिउ र बजारका लागि सधैँ माग गर्नुपरेको अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए । 

भण्डारीले कृषि क्षेत्रमा रहेको बिचौलियाको बिगबिगीलाई अन्त्य गर्दै यस क्षेत्रको बिकास गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x