दल

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रधानमन्त्री प्रचण्ड

'माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदी हो'

इकागज |
फागुन २१, २०८० सोमबार १५:२१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँदै बृहतर कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका हुन् । उनले अहिले नेपाली राजनीतिको निरन्तरतामा क्रम भंग भएको जिकिर गरे ।


प्रतिक्रियावादीले आफूलाई प्रयोग गरे त्यसलाई चिर्न आफूले सक्ने र प्रतिक्रियावादीले भनेजस्तो आफू अविश्वसनीय नभएको उनले बताए । आफूलाई सक्काउन बेला बेलामा धेरै प्रयास हुने गरेको भन्दै प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गरे ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदी भएको बताए । उनले सहिदको सपनालाई साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सबै क्रान्तिकारीहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राखे ।

उनले आफू नेतृत्वको सरकारले जनयुद्ध दिवसको घोषणा गरेको भन्दै छुटेका सहिदहरूलाई पनि राष्ट्रिय सहिद घोषणा गर्ने क्रममा रहेको बताए । 


Author

थप समाचार
x