दल

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

इकागज |
फागुन २१, २०८० सोमबार १५:३६ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्ने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटना क्रमलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
 
जसपाको बैठक आज बिहान ८ बजे बसेको थियो । थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो ।



Author

थप समाचार
x