दल

बालकुमारीमा जसपाको बैठक जारी

इकागज |
फागुन २१, २०८० सोमबार १९:२१ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी रहेको छ ।  

चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा जाँदा के सर्तमा जाने, कुन-कुन मन्त्रालय लिने, कति वटा मन्त्रालय लिने, प्रदेशका सरकारमा के गर्ने, अन्य नियुक्तिहरूको विषयमा के गर्नेलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको जसपाका प्रवक्ता मनिषकुमार सुमनले बताए ।


यसअघि बिहान पनि कार्यकारिणी समितिको बैठक बसेको थियो । 


Author

थप समाचार
x