दल

महिला लेखकहरूले समाजको अन्याय र उत्पीडनका विषयमा साहित्यमार्फत उजागर गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

इकागज |
फागुन २५, २०८० शुक्रबार १५:५८ बजे

काठमाडौँ- ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । दिवसका अवसरमा नेकपा एमाले महिला साहित्य, कला तथा संस्कृति विभागले काठमाडौँमा नेपाली साहित्यमा महिला लेखनको वर्तमान अवस्था : चुनौती र सम्भावना विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो ।


कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले महिला लेखकहरूले समाजको अन्याय र उत्पीडनका विषयमा साहित्यमार्फत उजागर गर्नुपर्ने बताइन् । महिला अधिकारलाई स्थापित गर्न अबको चुनौतीको बारेमा बहस गर्नुपर्ने उनको भनाइ छ ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि यस दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । 


Author

थप समाचार
x