दल

जसपा नेपालले भन्यो : अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्‍नेमा स्पष्ट छ

इकागज |
बैशाख २५, २०८१ मंगलबार १५:९ बजे

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको छ । पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरूको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो ।

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए । उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनले बताए । सुमनले केही व्यक्तिहरूले पार्टी छाडे पनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दाबी गरे ।


प्रवक्ता सुमनले आफूहरूकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताए । यद्यपि पार्टी विभाजनमा ठूलै शक्तिको हात रहेको उनको भनाइ छ ।​ उनले महाधिवेशनलाई समयमा नै आयोजना गर्नका लागि आवश्यक तयारीलाई तीव्रता दिने बताए ।


Author

थप समाचार
x