दल

कांग्रेस प्रदेश १ अधिवेशन : सदस्यमा पनि संस्थापनलाई बहुमत

इकागज |
मंसिर २२, २०७८ बुधबार ८:४५ बजे

विराटनगर - नेपाली कांग्रेस प्रदेश १ समितिको सदस्य पदको मतगणना सम्पन्न हुँदा संस्थापन पक्षले नै बहुमत पद जितेको छ । संस्थापन देउवा–सिटौला समूहबाट अधिकांशले प्रदेश समितिको सदस्य जितेका हुन् ।

८७ सदस्यीय निर्वाचित प्रदेश समितिमा पदाधिकारीतर्फ भने संस्थापन इतरका उमेश थापा मात्रै महामन्त्री पदमा निर्वाचित भएका थिए । प्रदेश निर्वाचन समितिका अनुसार सदस्यहरुतर्फ संस्थापन इतरबाट न्यून संख्यामा मात्रै जितेका छन् ।


भूगोलतर्फ ताप्लेजुङ, पाँचथर, झापा, सुनसरीलगायतका जिल्लामा खुल्ला र महिला पदमा इतर पक्षका उम्मेदवारहरूले जितेका छन् । त्यसैगरी प्रत्यक्ष निर्वाचन क्षेत्र अन्तरगत महिलातर्फ ६ स्थानमध्ये ४ स्थानमा इतर पक्षका उम्मेदवारले जितेका छन् । खुल्लातर्फ १३ स्थान मध्ये ७ स्थानमा निर्वाचित भएका छन् ।

बाँकी सदस्य संस्थापन पक्षले जितेको जनाइएको छ । संस्थापन पक्षबाट उपाध्यक्षमा निर्वाचित भएका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीकाअनुसार सदस्यहरूमा प्रदेश समितिमा आफ्नो प्यानलबाट अत्याधिक बहुमत सदस्यले निर्वाचित भएको दाबी गरेका छन् ।

उनले संख्यात्मक लेखाजोखा नगरेपनि आफ्नो प्यानललाई स्पष्ट बहुमत प्राप्त भएको बताए । प्रदेश निर्वाचन समितिका अनुसार प्रत्यक्ष निर्वाचन क्षेत्र महिलातर्फ कल्पना कार्की, लक्ष्मी कुमारी चौधरी, रेगिना भट्टराई, आरती देवी पोखरेल बराल, चन्द्र कुमारी खड्का र सुनिता घिमिरे निर्वाचित भएका छन् । कल्पना, चन्द्रकुमारी, लक्ष्मी र सुनिता इतर पक्षका हुन् । प्रत्यक्ष निर्वाचन क्षेत्र खुल्लातर्फ संस्थापन इतरको प्यानलबाट चुनाव लडेका सिजन गुरुङ, उत्तम बहादुर चौलागा“ई खत्री, जितेन्द्र सिं ठकुरी, नन्दकुमार नेम्वाङ, संजय भट्टराई, भिम कुमार कार्की, विमल आचार्यले चुनाव जितेका छन् ।

संस्थापन पक्षबाट गणेश परियार, राजेन्द्र घले, गोपाल रेग्मी, दिपक गौतम, राजेश गुप्ता, मचिन्द्र कुगेनाम्बा निर्वाचित भएका छन् । समावेशी खस आर्य खुल्लातर्फ केशर कुमार बस्नेत, किरण भट्टराई, गंगा बहादुर कार्की, मित्र प्रसाद काफ्ले, दामोदर दाहाल, खस आर्य महिला सदस्यमा कमला दाहाल खतिवडा, निर्मला सुवेदी, मिरा कार्की खड्का र विनाकुमारी राउत बिष्ट निर्वाचित भएका छन् । खस आर्यमा महिलातर्फ कमलामात्रै इतर पक्षबाट निर्वाचित भएकी हुन् ।

अल्पसंख्यक/अपांगतर्फ नविनचन्द्र ढुंगेल, मधेसी महिलातर्फ सुनिता दाहाल साह, आदिवासी जनजाती महिलातर्फ पुजा राई, गीता गुरुङ, विमला राई, शोभा श्रेष्ठ नेम्वाङ, अन्जना राई, सुनमाया राई र फुलवती राजवंशी विजयी भएका छन् । त्यसैगरी दलित महिलातर्फ सिर्जना शंकर र दलित खुल्लामा सुमन कुमार परियार र राजकुमार बराइली विजयी भएका हुन् । मधेसी खुल्ला तर्फ दिनेश कुमार साह, थारु महिलामा सुची चौधरी, थारु खुल्लामा चुमनारायण तबदार, आदिवासी÷जनजाती खुल्लातर्फ हुकुमसिंह राई, अर्जुन तुम्रोक, इन्द्र केदेम, सुरज राई, भूमिराज राई, गोविन्द लिम्बु, ज्योती कुमार राई र पूर्ण कुमार तुम्वापो, मुस्लिम महिलामा जुलेखा खातुन निर्वाचित भएका हुन् ।

जिल्लागत मत परिणाम अनुसार ताप्लेजुङबाट मिना कुमारी गुरुङ र प्रतापप्रकाश हाङ्गाम, पा“चथरबाट देवित्रा कुमारी आङ्देम्बे र टंक बहादुर कामबाङ निर्वाचित भएका छन् । इलामबाट हरिकला श्रेष्ठ र गोविन्द गिरी भने सर्वसम्मत भएका हुन् । त्यसैगरी झापाबाट रजिता कार्की र प्रकाश कार्की, मोरङबाट इन्दिरा अधिकारी र दिनानाथ आचार्य, सुनसरीका अम्बिका घिमिरे र केशव प्रसाद भट्टराई, धनकुटाका मिना कुमारी राई तुम्बा र नविन किशोर शाक्य, संखुवासभाका कमला गुरुङ र रामकुमार थापा निर्वाचित भएका हुन् ।

तेह्रथुमका योगकुमारी अर्याल र तुलसीजंग थापा, सोलुखुम्बुमा गान्धिमाया तामाङ र जय प्रसाद राई र भोजपुरका निर्मला खड्का भने निर्विरोध भएका छन् । भोजपुरमै खुल्लातर्फ भने कैलाश कुमार आले निर्वाचित भएका छन् । खोटाङबाट शान्तिकला राई र लोकेन्द्र राई, उदयपुरबाट रमिला राई र ठाकुर बहादुर मगर, ओखलढुंगाबाट सविता राई र कुमार लुईंटेल विजयी भएका हुन् ।


Author

थप समाचार
x