दल

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

इकागज |
पुस १८, २०७८ आइतबार १६:४९ बजे

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । 


बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो ।

आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बुझिएको छ ।
 


Author

थप समाचार
x