दल

१५ प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् दाहालले, सबैलाई समेट्ने आश्वासन

इकागज |
पुस १८, २०७८ आइतबार १८:५३ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेका छैनन् । 

बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिए। 


२९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भने खुलातर्फ ३४ जना बाँकी छन् । 

दुईवटा सहित गर्दा ६३ थप्न बाँकी छ । बन्दसत्रमा दाहाललेभने, '१५ प्रतिशत बाँकी छ त्यसले बाँकी सबैलाई समेट्छ । विधानमै यो व्यवस्था छ । विधानअनुसार लागू गर्छौं ।'


Author

थप समाचार
x