दल

एक घरमा दुई पार्टीका केन्द्रीय सदस्य : श्रीमान् एमालेको, श्रीमती माओवादीको

इकागज |
पुस १९, २०७८ सोमबार १०:२६ बजे

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रहेका दावा तामाङकी श्रीमती कुमारी मोक्‍तान नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन भएकी छन् । बागमती प्रदेशमा सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्‍तान माओवादीले आइतबार घोषणा गरेको केन्द्रीय कमिटीमा चयन भएकी हुन् । आदिवासी जनजातितर्फबाट उनी केन्द्रीय सदस्य भएकी हुन् । उनी माओवादीका मकवानपुर इन्चार्ज पनि हुन् ।

१० वर्षे जनयुद्ध लडेका सिन्धुपाल्चोकका तामाङ सर्वोच्‍च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि एमालेमा गएका हुन् । त्यसअघि उनी माओवादी केन्द्रमा थिए । पहिलो संविधान सभा निर्वाचन जितेका तामाङ २०७४ सालमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । तामाङ माओवादीमा रामबहादुर थापा समूहका थिए ।


यो पनि 

यी हुन् माओवादी केन्द्रीय समितिमा अटाएका १२ दम्पती

 


Author

थप समाचार
x