दल

गठबन्धनले टुंग्यायो महानगरको भागबण्डा

इकागज |
बैशाख ६, २०७९ मंगलबार १७:३ बजे

काठमाडाै‌ँ- अन्ततः पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएको छ। मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबण्डामा सहमति जुटाएको हो। 

पोखरा महानगरको दाबी नेपाली कांग्रेसले छाडेपछि सहमति जुटेको हो। मंगलबार गठबन्धनले गरेको भागबण्डा अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर पाउनेछ भने नेकपा माओवादी केन्द्रले भरतपुर महानगर पाउनेछ। त्यस्तै, वीरगञ्ज महानगर जनता समाजवादी पार्टी (जसपा)ले पाउने भएको छ। 


मंगलबारको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार आफूहरुबीच सहमति भइसकेको र एकैछिन पछि निर्णय सार्वजनिक गर्ने बताए। 

सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।
 


Author

थप समाचार
x