राजनीति

एमालेको अनुशासन आयोगको बैठक जारी

इकागज |
जेठ ३१, २०७९ मंगलबार १६:२१ बजे

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय अनुशासनको बैठक बसेको छ । बैठक आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा मंगलबार दिउँसो १२ बजेदेखि पार्टी कार्यालय च्यासलमा सुरु भएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल हुनेछ । बैठकमा सदस्यहरुले आआफ्नो क्षेत्रमा भएका पार्टीको काम र त्यसक्रममा देखा परेका समस्याहरूबारे रिपोर्टिङ गर्ने कार्यसूची पनि छ । 


सोमबार एमालेको सचिवालय बैठक पनि बसेको थियो । 


Author

थप समाचार
x