राजनीति

सत्यमोहनको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

इकागज |
असोज ३०, २०७९ आइतबार १४:४२ बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आइतबार प्रधानमन्त्री देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेर जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।


त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', निवर्तमान सभामुख अग्नि सापकोटा, संस्कृति पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत ललितपुर महानगरपालिकामा पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै शुभेच्छुकलगायत सर्वसाधारणले पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो ।


Author

थप समाचार
x