राजनीति

चार महिना बाझाबाझपछि ओली-नेपालबीच मन माझामाझ

गोकर्ण विष्ट भन्‍छन्- 'कालो बादलमा चाँदीको घेरा भेटियो'

इकागज |
बैशाख ९, २०७८ बिहीबार ९:५३ बजे

काठमाडौँ  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच बुधबार नक्सालस्थित होटल मेरियटमा मन माझामाझ गरे । पुस ५ पछि बाझाबाझ गरेका ओली र नेपालबीच पानी बाराबारको स्थिति थियो । बोलचाल ठप्प थियो । अझ भनौँ एकले अर्कोलाई सिद्याउन पनि पछि परेनन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता खारेज गरेसँगै पार्टीहरु पूर्ववत रुपमा फर्किए । तर, एमालेबीच एकता हुन सकेको छैन । ओली नेता नेपाल समूहका नेतालाई धमाधम कारबाही गरिरहे, नेपाल समूहलाई स्पष्टिकरण सोध्‍ने क्रम अझै रोएको छैन । उता नेपाल समूह धमाधम समानान्तर कमिटी बनाउन व्यस्त रहे । 


तर हिजो बुधबार ओली र नेपालीबीचको भेटमा के छलफल भयो कुरा बाहिर नआए पनि भेट मात्रैले एमाले कार्यकर्तामा खुशी छाएको छ । पार्टी विभाजनको अन्तिम अवस्थामा ओली र नेपालको भेटलाई अर्थपूर्णमा पनि हेरिएको छ ।

पूर्वमन्त्री तथा एमाले नेता गोकर्ण विष्टले ओली र नेपालको भेटलाई कालो बादलमा चाँदीको घेरा भेटिएझैँ कार्यकर्ताहरूमा आशा पलाएको टिप्पणी गरेका छन् । 'हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको छ' विष्टले भनेका छन् 'कालो बादलमा चाँदीको घेरा भेटिएझैँ कार्यकर्ताहरूमा आशा पलाएको छ ।'      

उक्त भेटलाई विष्टले विलियम शेक्सपियरसँग दाँजेका छन् । 'विलियम शेक्सपियरले भनेजस्तै- "जहाँ नदी गहिरो हुन्छ, त्यहाँको जलप्रवाह शान्त र संयम हुन्छ ।" जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्‍भव छ । हेक्का राखौँ, समय र समुद्रको छालले कसैलाई पर्खंदैन । आज नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवस । हजारौँ योद्धाको रगत पसिनाबाट निर्मित पार्टीको एकतालाई जोगाउन संकल्प गरौँ । आन्दोलनको रक्षार्थ निरन्तर प्रयत्न गरौँ ।'

हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा...

Posted by Gokarna Bista on Wednesday, 21 April 2021


Author

थप समाचार
x