राजनीति

नेपाली राजनीतिमा दुर्योधन प्रवृत्ति

गोविन्दशरण उपाध्याय |
कात्तिक २१, २०७९ सोमबार २०:५६ बजे

पुँजीवादीहरूको सीमारहित लोभ र समाजवादीहरूको सीमाहीन इर्ष्यालु स्वभावको सामूहिक अभिशाप नेपाललाई परेको छ। अदृष्य धृतराष्ट्रहरूका दमित इच्छाहरू पूर्ति गर्न क्रियाशील दुर्योधनलाई नेपालको गौरव, मौलिकता तथा उन्नतिको सूत्र थाहा छ तर यी बाध्य छन्। मृत्युपछि पनि धृतराष्ट्रहरूलाई खुशी पार्न कसर छोड्ने छैनन्।

नेपाली राजनीतिले दुर्योधनको प्रतिनिधित्व गरिरहेझैं लाग्छ । अन्धा धृतराष्ट्रले आफ्ना दमित इच्छाहरू पूरा गर्न दुर्योधनलाई प्रयोग गरिरहेका थिए। उनी दुर्योधनलाई राम्रो बाटो हिँड्न र पाण्डवप्रति सदाचार प्रकट गर्न आदेश दिन्थे तर आन्तरिक रूपमा दुर्योधनको हठी व्यवहार उनलाई निकै मन पर्थ्यो।


धृतराष्ट्रको दमित इच्छा अनुरुप नै दुर्योधनले काम गरेका हुन् भन्ने प्रमाणचाहिं भीमको ढुङ्गाको मुर्तिलाई रीसले चकनाचुर परेबाट पनि प्रकट हुन्छ।

महाभारत युद्धका थुप्रै सन्दर्भ नेपाली राजनीतिमा हुबहु मिलेझैं लाग्छ । किनभने हाम्रो देशका अनेक राजनीतिकर्मीहरूका बारेमा गहन खोजी गर्दै जाने हो भने स्वार्थ र इर्ष्याले भरिएको देखिन्छ ।

महाभारतको युद्धको प्रमुखकारण पनि इर्ष्या नै थियो। दुर्योधनले पाण्डवहरूको सन्त स्वभाव र सिकाइमा सधैं सफल हुने देखेर डाहा गरे। अरू कुनै उपायले पाण्डवहरूको हत्या गर्न नसकेपछि युधिष्ठिरलाई प्रयोग गरेर (जुवामा) सबै सम्पति कब्जा गरे, द्रौपदी (आफ्नै भाउजु) लाई सबै सभासदका अगाडि नाङ्गो बनाउने प्रयत्न गरे । अन्तत: पाण्डवहरूलाई बनवास पठाएपछि पनि दुर्योधनको इर्ष्यालु स्वभाव समाप्त भएन । बनवासी पाण्डवहरूको चियोचर्चो गर्ने र एक पटक त हत्या गर्ने प्रयत्न सम्म गरे।

महाभारतको युद्धको अन्त्यमा अर्थात् मर्नुअघि दुर्योधनले पनि श्रीकृष्ण, पाण्डव र आफ्ना बाबु धृतराष्ट्रलाई दोष दिएर मरे। महाभारतकार व्यासले दुर्योधनलाई यो ठाउँमा “सुयोधन” शब्द प्रयोग गरेर सम्मान गरेका छन्। किनभने दुर्योधनले आफ्ना स्वभावको लागि पितालाई दोष दिएर सत्य कुरा ओकलेका थिए।

यसैगरी एकपटक कृष्णले सम्झाउँदा उनले भनेका थिए “कृष्ण ! मैले धर्म र अधर्मको भेद राम्ररी जानेको छु तर के गर्नु मेरो स्वभावले धर्मतिर जाने बाटो रोक्छ, मैले चाहेर पनि आफूलाई अधर्मबाट रोक्न सक्दिन।

यस अर्थमा यो देशका राजनीतिकर्मीहरू दुर्योधन सरह देखिन्छन्। यी राजनीतिकर्मी र दलहरूले कुन र कहाँका धृतराष्ट्रको दमित इच्छाहरू पूरा गर्ने अभियान चलाइरहेका छन् भन्ने कुरा खोजी गर्ने काम पाठकहरूकै हो।

पुँजीवादीहरूको सीमारहित लोभ र समाजवादीहरूको सीमाहीन इर्ष्यालु स्वभावको सामूहिक अभिशाप नेपाललाई परेको छ। अदृष्य धृतराष्ट्रहरूका दमित इच्छाहरू पूर्ति गर्न क्रियाशील दुर्योधनलाई नेपालको गौरव, मौलिकता तथा उन्नतिको सूत्र थाहा छ तर यी बाध्य छन्। मृत्युपछि पनि धृतराष्ट्रहरूलाई खुशी पार्न केही बाँकी राखेका छैनन्। विश्वरङ्ग मञ्चमा द्रौपदी (नेपाल) लाई नांगेझार बनाउन छाडेका छैनन्। धर्म, संस्कृति, मौलिकता, गौरवमय परम्परा तथा सभ्यताउपर सीधा प्रहार गरिरहेका छन्। सबैभन्दा खेदजनक कुरा के हो भने सभासदका रूपमा रहेका नेपाली जनता बहुमतको भोट खसालेर समेत निर्वल हुँदै धृतराष्ट्रहरूलाई समर्थन गरिरहेका छन्।

पुँजीवादीहरूको सीमारहित लोभ र समाजवादीहरूको सीमाहीन इर्ष्यालु स्वभावको सामूहिक अभिशाप नेपाललाई परेको छ। अदृष्य धृतराष्ट्रहरूका दमित इच्छाहरू पूर्ति गर्न क्रियाशील दुर्योधनलाई नेपालको गौरव, मौलिकता तथा उन्नतिको सूत्र थाहा छ तर यी बाध्य छन्।

मृत्युपछि पनि धृतराष्ट्रहरूलाई खुशी पार्न केही बाँकी राखेका छैनन्। विश्वरङ्ग मञ्चमा द्रौपदी (नेपाल) लाई नांगेझार बनाउन छाडेका छैनन्। धर्म, संस्कृति, मौलिकता, गौरवमय परम्परा तथा सभ्यताउपर सीधा प्रहार गरिरहेका छन्। सबैभन्दा खेदजनक कुरा के हो भने सभासदका रूपमा रहेका नेपाली जनता बहुमतको भोट खसालेर समेत निर्वल हुँदै धृतराष्ट्रहरूलाई समर्थन गरिरहेका छन्।

आजभोली नेपाली राजनीतिको धरातलमा जुन क्रियाकलापहरू हुँदैछन्, ती सबैले नेपाल (द्रौपदी)लाई नाङ्गो पार्ने काम गरेझैं देखिन्छ । यो कुरा बुझ्नुपर्छ। हो, आफ्नी प्रिय पत्नीलाई दाउमा लगाउने युधिस्ठिर गतार्थ भैसकेका छन्। दुशासनको छाति चिरेर रगत खाने समय नै होइन र अर्जुनहरूले द्रौपदीको चीरहरण हुँदा टुलुटुलु हेरेर बस्नुको पनि कुनै औचित्य छैन।

हामीले पुँजीवाद र साम्यवादको ठिमाहा सन्तान बनेका दुर्योधनलाई परास्त गर्ने “गदा” प्राप्त गरिसकेका छौँ। त्यो गदा के हो र त्यसको प्रयोग कसरी गर्ने हो भन्ने पनि सिकाएका छौँ। लडाईं चलिरहेको छ, दुर्योधनहरूको अन्त्य हुनैपर्छ र द्रौपदीको चीरहरण रोकिनुपर्छ। अति इर्ष्या र अति लोभको अन्त्य नभएसम्म द्रौपदीको चीरहरण रोकिन्न। यो रोक्ने बौद्धिक हतियार हामीसँग छ, खोजौं, प्रयोग गरौँ र परास्त गरौँ।​ -आइएनएस-स्वतन्त्र समाचार


Author

गोविन्दशरण उपाध्याय

लेखक उपाध्याय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र बहुमुखी क्याम्पसका दर्शन तथा मनोविज्ञान विषयका प्राध्यापक हुनुहुन्छ।


थप समाचार
x