राजनीति

मोरङ–३ (१)मा नयाँ निर्वाचन कार्यक्रम : आज मनोनयन दर्ता

इकागज |
कात्तिक २४, २०७९ बिहीबार ७:१० बजे

काठमाडौं - निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर–३ ‘क’ मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उमेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले नयाँ कार्यक्रम तय गरेको हो । 

आयोगको निर्णयानुसार कात्तिक २४ अर्थात् आज र भोलि उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ ।



Author

थप समाचार
x