राजनीति

झापाबाहेक प्रदेश १ का जिल्लामा मतगणना सुरु भएन

इकागज |
मंसिर ५, २०७९ सोमबार १३:४ बजे

विराटनगर - झापाबाहेक प्रदेश १ का १४ जिल्लामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । झापाको क्षेत्र नम्बर २, ३ र ५ मा मतगणना सुरु भएको जनाइएको छ । मोरङका तीन वटा निर्वाचन क्षेत्रमा अहिले १ बजेबाट मतगणना सुरु हुँदैछ ।

बाँकी जिल्लामा मतगणना भएको जानकारी नआएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए । त्यसैगरी तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएको विषयमा दलहरूबीच विवाद भएपछि पुन: मतदान गर्न दलहरू सहमत भएका छन् ।


छथर गाउँपालिका–१ को आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतदान रद्द गरी मंगलबार पुन: मतदान गर्ने निर्णय गरेर पठाइएको निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले जनाएको छ ।


Author

थप समाचार
x