राजनीति

कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी जित नजिक

इकागज |
मंसिर ६, २०७९ मंगलबार १०:५८ बजे

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा सुरुवातदेखि नै अग्रता लिइरहेको नागरिक उन्मुक्ति पार्टी जितको नजिक पुगेको छ । ५५ हजार ५०२ मत गणना हुँदा उन्मुक्तिका गंगाराम चौधरीले २० हजार २३४ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नम्बर ३ मा कुल ६१ हजार ६५८ मत खसेको थियो । अब गन्न बाँकी ६ हजार २५६ मत मात्रै रहेका कारण गंगारामको विजयी निश्चित जस्तै बनेको हो ।


नागरिक उन्मुक्तिलाई पछ्याइरहेको गठबन्धनबाट नेकपा माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत पाएका छन् । गंगाराम भन्दा ५ हजार २८८ मतले पछि रहेका कृष्णलाई जित निकाल्न अब गन्न बाँकी सबै मत ल्याउनुपर्ने हुन्छ । 

यस्तै एमालेका गौरीशंकर चौधरीले ८ हजार २६९ मत ल्याउँदै अहिलेसम्म तेश्रो स्थानमा रहेका छन् ।

५ ओटा क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टी अहिलेसम्म तीनओटा क्षेत्रमा अगाडि रहेको छ । क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवातदेखि नै अग्रता लिइरहेको हो ।


Author

थप समाचार
x