राजनीति

६ उम्मेदवार पन्छाउँदै बाँके–१ (२) मा एमालेका चौधरी विजयी

इकागज |
मंसिर १०, २०७९ शनिबार ६:१९ बजे

काठमाडौँ  - बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा (एमाले) का दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गरेका छन् ।    
    
निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन्। उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्यप्रसाद ढकाल निर्वाचित भए ।   
    
 सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहेका थिए ।    
 



Author

थप समाचार
x