राजनीति

जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

इकागज |
मंसिर १०, २०७९ शनिबार १४:३५ बजे

महोत्तरी- महोत्तरी १ को मतगणना अवरुद्ध  भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो । 

‘गणनाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौं,’ जनमत पार्टीका नेताले भने ।


महोत्तरी १ मा  कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलबाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ । 

तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ । जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ । 

क्रस मतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछि समानुपातिक र प्रत्यक्ष एकसाथ गणना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नम्बर १ (ख)को मतपरिणाम सार्वजनिक भइइसकेको छ भने (क)तर्फ बर्दीबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ । न्युज कारखाना


Author

थप समाचार
x