राजनीति

कांग्रेस संसदीय दलका नेता कोइराला पराजित

इकागज |
मंसिर १०, २०७९ शनिबार २०:४५ बजे

विराटनगर- नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला प्रदेशसभा सदस्यमा पराजित भएका छन् । सुनसरीको प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा लडेका कोइरालालाई नेकपा एमालेका रामप्रसाद महतोले पराजित गरेका हुन् ।

प्रदेशसभाभित्र आफ्नो दलको स्वार्थभन्दा माथि उठेर धारणा राख्ने र आफ्नै दलका मन्त्रीहरूको कार्यशैलीप्रति पनि टिप्पणी गर्दै स्पष्ट वत्ताका रूपमा चिनिएका कोइराला मतगणनाको अन्तिमतिर एमालेका महतोसँग ५५५ मतले पछि परेका हुन् ।


पराजित भएका कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका छन् । उनलाई हराएका मेहताले १८ हजार १९१ मत पाएका छन् ।


Author

थप समाचार
x