राजनीति

समाजका सबैखाले विभेदका विरुद्ध एकजुट हुनुपर्छ : मन्त्री रेग्मी

इकागज |
मंसिर २८, २०७९ बुधबार १७:१७ बजे

फाइल फोटो

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समाजका सबैखाले विभेदका विरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । 

राष्ट्रिय आदिवासी जनजाती महिला महासंघको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री रेग्मीले नश्लिय विभेद, लैङ्गिक बिभेद लगाएत सवैखाले बिभेदका विरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् । 


उनले पितृसत्तावाद, अन्तविश्वास, रुढिवादी सामन्तवाद अझै हावी रहेकाले सबै महिलाहरु पनि एकजुट भएर अधिकारका लागि लड्नुपर्ने भन्दै जातीवादमा गए आन्दोलन कमजोर हुने धारणा राखे । 

अहिले पनि आधिकारको कुरा गर्दा सवै भन्दा बढि आदिवासी महिलाहरुले अधिकार पाएकाले प्राप्त अधिकारलाइ रक्षा गर्नुपर्ने उनले बताए । 

मन्त्री रेग्मीले मुलुकमा धार्मिक स्वतन्त्रता रहेकाले कुनै धर्मको विरुद्धमा लाग्न नहुनेमा जोड दिए । 


Author

थप समाचार
x