राजनीति

मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरू देखापर्न थाले : प्रधानमन्त्री प्रचण्ड

इकागज |
माघ २९, २०७९ आइतबार २०:५५ बजे

फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरू देखापर्न थालेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गणतन्त्रलाई उल्टाउने षडयन्त्रहरू देखापर्न थालेको बताएका हुन् । उनले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरू अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रित भएको धारणा राखे ।


संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रूपले समृद्धिको ट्रयाकमा लैजाने सम्भावना रहेकाले सही नीतिका साथ अघि बढाउनुपर्ने बताए । कार्यक्रममा ’सेजन अवार्ड’ बाट ६ जना पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो ।


Author

थप समाचार
x