राजनीति

उपचारपछि राष्ट्रपति स्वदेश फर्किए

इकागज |
बैशाख १८, २०८० सोमबार ६:३८ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्केका छन् । उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्केको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 
 
उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए । 



Author

थप समाचार
x