राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण :

संयुक्त विद्यार्थी संगठनको नारा : अघि बढ प्रचण्ड, जनता तिम्रो साथमा छन्‌ (फोटो फिचर)

इकागज |
बैशाख २८, २०८० बिहीबार १३:५ बजे

काठमाडौँ- विद्यार्थीहरूले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । 


संयुक्त विद्यार्थी संगठनले बिहीबार प्रदर्शनीमार्गमा शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । 

अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् । 

उनीहरूले 'म पनि बिरामी छु, भूमिगत अस्पताल कहाँ छ ?, देश विकास हुन नदिने भ्रष्टाचारीलाई बहिष्कार गरौँ, अघि बढ्‌ प्रचण्ड, जनता तिम्रो साथमा छन्‌'लगायत नारा लगाएका छन् ।

(न्यूजकारखानाबाट)


Author

थप समाचार
x