राजनीति

'दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन'

इकागज |
बैशाख ३०, २०८० शनिबार १५:८ बजे

फाइल तस्बिर

काठमाडौँ- भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् नागरिक आन्दोलन सुरु भएको छ ।

काठमाडौँको नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलन सुरु गरेका हुन् । प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए । उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।


सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने उनले जिकिर गरे । उनले ठूला नेताहरू भ्रष्ट नभइकन साना तहका नेताहरूले भ्रष्टाचार गर्न हिम्मत नगर्ने तर्क राखे ।

केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारे । 


Author

थप समाचार
x