राजनीति

बजेट इक्षापत्र मात्रै होइन कार्यान्वयनमुखी छ : अर्थमन्त्री महत

इकागज |
जेठ २९, २०८० सोमबार १७:३१ बजे

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इक्षापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरूले बजेटको विषयमा राखेका जिज्ञासामा उनले यस्तो जवाफ दिएका छन् ।

उनले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भए पनि सीमित स्रोत र साधन भएकाले त्यही अनुसार बजेट बनेको बताए । अर्थमन्त्री महतले सरकारले चाहना भएर मात्रै पनि काम गर्न नसक्ने भन्दै कसलाई बढी महत्व दिने भन्ने प्राथमिकताका आधारमा काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले बजेटलाई एउटा सीमामा राखेर ल्याएको बताए ।


उनले सीमित स्रोत र साधन धेरै भएकाले बजेट ठूलो बनाउन समय लाग्ने जिकिर गरे । उनले चाहनालाई हेरेर कार्यान्वयन गर्नसक्ने क्षमतालाई हेरेर बजेट आएको भन्दै वैदेशिक अनुदान विधिसंगत रूपमा आउने बताए ।


Author

थप समाचार
x