राजनीति

ललिता निवास जग्गा प्रकरण

सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

इकागज |
साउन ५, २०८० शुक्रबार १७:१२ बजे

काठमाडौँ-  सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । अनुसन्धान सम्पन्न नभएसम्म देश छाड्न नपाउने गरि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न परमादेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।


त्यस्तै ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अन्यको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज भएको उनले बताए ।

ललिता निवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै सञ्चार सचिव कृष्णबहादुर राउत, मीनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको थियो । 


Author

थप समाचार
x