राजनीति

एक हुँदै राप्रपा नेपाल र जन आन्दोलन मोर्चा

इकागज |
साउन १६, २०८० मंगलबार ६:५० बजे

काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच आज एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चा बीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो  । 

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजेबाट उक्त एकता सभाको औपचारिक कार्यक्रम सुरु हुनेछ  । 


राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकता सम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।


Author

थप समाचार
x