राजनीति

एमालेको अवरोध जारी रहेपछि राष्ट्रियसभाको आजको बैठक स्थगित, प्रतिनिधिसभा के होला ?

इकागज |
साउन २२, २०८० सोमबार १३:४२ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो ।  

राष्ट्रियसभाको अर्को बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको छ । अध्यक्ष गणेश तिमिल्सिनाले विरोधको कार्यक्रम परिवर्तन गरेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन एमालेसँग पटकपटक आग्रह गरे पनि एमालेका सांसदहरुले उठेर विरोध जनाइरहे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक नै स्थगित भएको जानकारी गराए। 


यता एमालेले यही माग राखेर करिब दुई सातादेखि प्रतिनिधिसभा अवरोध गरिरहेको छ । सोमबार दिउँसो १ बजेलाई बोलाइएको बैठक अझै बस्न सकेको छैन । सदन अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच बैठक जारी छ । 


Author

थप समाचार
x