राजनीति

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित

इकागज |
माघ ११, २०८० बिहीबार १७:१८ बजे

जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट बनेका दुवै उम्मेदवार निर्वाचित भएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएका छन् ।

ढुंगानाले प्राप्त गरेको मत भार ७ हजार ३७० छ भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी हुन् । यस्तै जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ । महिलातर्फ निर्वाचित चौधरीको मत भार ७ हजार ९२३ छ भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ हो । 


बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान हुँदा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए ।


Author

थप समाचार
x