राजनीति

भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण : पूर्वउपराष्ट्रपति झा

इकागज |
चैत २४, २०८० शनिबार १८:३७ बजे

काठमाडौँ- पूर्वउपराष्ट्रपति परमानन्द झाले भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

शनिबार नयाँ वर्ष २०८१ को शुभकामना तथा विश्व स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय विकास नागरिक समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले विगतमा आफू सहभागी भएका केही कार्यक्रममा समाजमा दुर्नाम कमाएका र भ्रष्ट व्यक्तिलाई पनि सम्मान गर्नुपरेको भन्दै भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।


उनले समाज र देशका लागि महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्नेमा जोड दिए । पूर्वउपराष्ट्रपति झाले सम्मान पाउने व्यक्तिलाई समाजमा अझै जिम्मेवारी थपिने भएकाले अझै राम्रो काम गर्ने अठोट गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय विकास नागरिक समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १७ जना व्यक्तिहरूलाई सम्मान गरेको थियो ।


Author

थप समाचार
x