राजनीति

निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरे ः प्रमुख शाक्य

इकागज |
साउन ११, २०७८ सोमबार १८:२३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । सोमबार महानगरको वडा नम्‍बर २१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले आफूहरू दलीय प्रधानमन्त्रीको पक्षमा भएकाले सोही व्यवस्थालाई परिपक्क बनाउन चाहेको बताए ।

स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको शाक्यले दाबी गरे । ‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो, उनले भने ,‘अहिले मुलुकमा दलको प्रधानमन्त्री छैन ।'  अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको उनको भनाइ छ ।  


शाक्यले हिजो जुन व्यवस्थाको विरुद्धमा लागेका थियौँ अहिले त्यही व्यवस्थातर्फ धकेल्ने कार्य भैरहेको बताए । प्रधानमन्त्री नियुक्ती प्रक्रिया प्रतिगामी भएको उनले उल्लेख गरे ।  उनले गगन थापा र विश्वप्रकाश शर्मालाई दलीय प्रधानमन्त्री चाहियो भनेर बोल्न आँट गर्नसमेत चुनौती दिएका छन् ।


Author

थप समाचार
x