राजनीति

वैदेशिक रोजगारलाई सुरक्षित बनाउनुपर्ने मागसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

इकागज |
साउन २२, २०७८ शुक्रबार १७:० बजे

काठमाडौँ - नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले वैदेशिक रोजगारीमा गएका नेपालीको समस्यालाई लिएर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् । संग्रौलाले सांसदहरू प्रमिला राई र रामबहादुर विष्टको समर्थनमा प्रतिनिधि सभामा सचिवालयमा उक्ता प्रस्ताव दर्ता गरेकी हुन् ।  

प्रस्तावमा कोभिडका कारण विदेशमा रोजगारीमा रहेका नेपालीका समसया, विदेशमा ज्यान गुमाएका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल ल्याउन सरकारले गर्नुपर्ने लगायतका विषय उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सरकारले योजना बनाउनुपर्ने पनि उल्लेख गरिएको छ ।  



Author

थप समाचार
x