राजनीति

एमालेकाे दशाैं राष्ट्रिय महाधिवेशन

एमाले प्रदेश-१ मा महिला केन्द्रीय सदस्य निर्विरोध

खुलामा प्रतिस्पर्धा हुनसक्ने

इकागज |
मंसिर १३, २०७८ सोमबार १६:३१ बजे

काठमाडौँ - नेकपा एमालेको १० औं महाधिवेशनमा प्रदेश १ मा महिला उम्मेदवार निर्विरोध भए पनि खुला कोटामा भने प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार प्रदेश-१ को खुलातर्फका ६ कोटाका लागि सातजनाको उम्मेदवारी परेपछि आन्तरिक प्रतिस्पर्धा हुने देखिएको हो ।

जसअनुसार किशोरकुमार अधिकारी, टंकआङबुहाङ लिम्बू, तिलकुमार मेन्याङबो लिम्बू, दुर्गाकुमार थापा (स्वस्ति), धर्मराज निरौला, पर्शुराम अधिकारी, भाष्कर काफ्ले, राजेन्द्र राई र वसन्तकुमार नेम्वाङले उम्मेदवारी दर्ता गराएपछि आन्तरिक प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।


आन्तरिक प्रतिस्पर्धा नहुन सातमध्ये एकजनाले मात्रै उम्मेदवारी फिर्ता लिएमा निर्विरोध हुन पाउने छन् । तर, प्रदेश १ बाट तीन जना महिलाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भइसकेका छन् ।


Author

थप समाचार
x