राजनीति

साझा उम्मेदवार छान्‍न सकस

बोहोराटारको छलफल सकियो, भोलि चाक्सीबारीमा आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल समूह

इकागज |
मंसिर २०, २०७८ सोमबार १९:३१ बजे

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न भोलि आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्ने भएको छ । आज साँझ नेता पौडेल निवास बोहोराटारमा पौडेलसहित, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले साझा उम्मेदवार तय गर्ने विषयमा छलफल गरेका थिए । 

‘सबै नेता कुनै पनि हालतमा एक हुने र साझा उम्मेदवार तय गर्ने भन्ने निष्कर्ष छलफलमा निस्किएको छ,’ वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले भने । पौडेल पक्षले भोलि मंगलबार पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारीमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला डाकेको छ । उक्त भेलाले निकालेको निष्कर्षको आधारमा सभापतिको उम्मेदवार तय गरिने बताइएको छ ।  



Author

थप समाचार
x