राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा दुई अब्दुल निर्वाचित

इकागज |
पुस ६, २०७८ मंगलबार १४:५६ बजे

काठमाडौँ - नेपाली काँग्रेसकाे केन्द्रीय सदस्यमा गोरखाका अब्दुल सत्तार विजयी बनेका छन् । गोरखाकाे सिरानचाेक गाउँपालिका हर्मी घर भएका सत्तार नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले २ हजार २ सय २८ मत ल्याएका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट महासमिती सदस्यसमेत रहेका उनी नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष हुन । त्यस्तै साेही काेटाबाट रुपन्देहीका अब्दुल रज्जाका समेत विजयी बनेका छन् । यसअघि नेपाली कांग्रेसको रुपन्देही जिल्ला सभापति रहेका रज्जाक समेत केन्द्रिय सदस्यमा विजयी बनेका हुन । रज्जाकले २ हजार ३ सय ९० मत ल्याएका छन् । विजयी दुवै जना शेर बहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थिए 



Author

थप समाचार
x