राजनीति

कांग्रेस मुस्लिम केन्द्रीय सदस्यमा जावेदा निर्वाचित

इकागज |
पुस ६, २०७८ मंगलबार १८:३ बजे

काठमाडौँ -  नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा निर्वाचित भएकी छन् । उनले १९०० मत ल्याइन् । एक पदका लागि भएको निर्वाचनमा ६ जना चुनावी मैदानमा थिए । गोमा पराजुली अन्सारीले ४७८, जमिला खातुनले ३३९, जमिला मियाँले १४४१, यासीबा रहमानले २०३ र सनम वेगमले १४६ मत ल्याएर पराजित भए । जम्मा ४६९२ मत खसेकोमध्ये २४ मत बदर भएको थियो ।   



Author

थप समाचार
x