राजनीति

माओवादी महाधिवेशन : अध्यक्ष दाहालको प्रतिवेदन पारित

इकागज |
पुस १६, २०७८ शुक्रबार १६:५६ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहालको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै दाहालले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे दाहालले केही बोलेनन् । 

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार दाहालले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।


उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।  शुक्रबार अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ । 


Author

थप समाचार
x