राजनीति

दाहाल-नेपाललाई ओलीको चुनौती : हटाएर देखाऊ

इकागज |
फागुन १६, २०७७ आइतबार १७:२ बजे

फाइल तस्बिर

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाएर देखाउन दाहाल-नेपाल समूहलाई चुनौती दिएका छन् । आइतबार प्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै यस्तो चुनौती दिएका हुन् । ‘मैले सुनेको छु अविश्वासको प्रस्ताव ल्याएर हटाउने रे । ल ल्याएर हटाएर देखाउनुस् ।अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्’ उनले भने ।  

प्रमुख प्रतिपक्षीको ढोका ढकढकाउनेले आफ्नै दलभित्र अविश्वासको प्रस्ताव ल्याएर हटाउन उनले चुनौती दिँदै भने, ‘प्रभु संसद पुनःस्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्‍न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’


मुलुकमा भइरहेको विकासलाई देख्‍न नसकेर आफूलाई हटाउन खोजेको आरोप पनि उनले लगाए ।  ओलीले दाहाल-नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वास नगरेको बताउँदै भने, ‘तपाइँहरु कुन पार्टीको हो भनेर जनता समाजवादीका पार्टीले सोधेपछि नेताहरु झन झस्केका छन् ।’  


Author

थप समाचार
x