राजनीति

निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत : प्रजापति

इकागज |
बैशाख १०, २०७९ शनिबार २०:४४ बजे

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत भएको धारणा राखेका छन् । 

निर्वाचन सिद्धान्त र विचारको लडाई भएको भन्दै तर ठूला राजनीति दलले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जित्नकै लागि गठबन्धन गरेको बताए । 


निर्वाचन घोषणापत्रको लडाइँ भएको उल्लेख गर्दै ठूला भनिएका सरकारमा गएका पार्टीहरू निर्वाचन घोषणापत्रको लडाई हो भने राजनीति शास्त्रको परिभाषालाई गलत बनाइदिएको बताए । राजनीति देश र जनताको सेवाका लागि हुनुपर्नेमा राजनीतिलाई ती ठूला दलहरूले पैसा कमाउन माध्यम बनाएको आरोप लगाए । 

सेवा निवृत्त शिक्षक समाज भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विचार र सिद्धान्त फरक भए पनि जित्नकै लागि भागबन्डा हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले ती दलहरू सिद्धान्त र विचारको लडाई नभई निर्वाचनलाई भाग पाउने रूपमा लिएको भन्दै रोष प्रकट गरे । 

राजनीति भागबन्डामा सीमित भएको भन्दै उनले चिन्ता व्यक्त गरे । निर्वाचनसँगै सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर ठूला राजनीतिक दलले गठबन्धन गरेको भन्दै उनले ती दल भागबन्डामा सीमित भएको उनले बताए । 


Author

थप समाचार
x