कोशी

एमाले कोशी अधिवेशन : २६५ मत गन्दा घनश्याम १४१, विनोद १२१

इकागज |
असोज १५, २०८० सोमबार १९:४२ बजे

विराटनगर- कोशी प्रदेशमा जारी नेकपा एमाले प्रदेश कमिटीको मतगणनामा अध्यक्षमा घनश्याम खतिवडाले १४१ र विनोद ढकालले १२१ मत प्राप्त गरेका छन् । २६५ मतको गणना सकिँदा खतिवडा २० मतले अग्रता लिएका हुन् । 

निर्वाचन कमिटीबाट प्रारम्भिक परिणामको औपचारिक घोषणा भने बाँकी रहेको छ ।


खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित अध्यक्षका उम्मेदवार हुन् । उनीविरुद्ध केन्द्रीय कमिटी सदस्य समेत रहेका ढकालले उम्मेदवारी दिएका थिए ।
विराटनगरको होटल मनास्लु इनमा पदाधिकारी, समावेशी क्षेत्र र खुल्ला क्षेत्रतर्फको मतगणना जारी छ । ९९७ प्रतिनिधिहरू मध्ये ९७७ जनाले मतदान गरेका थिए ।


Author

थप समाचार
x