कोशी

कांग्रेस कार्यसम्पादन समितिको बैठक

कार्कीको पक्षमा हुने सांसदलाई कांग्रेसले गर्‍यो हस्ताक्षर फिर्ता लिन अनुरोध

इकागज |
असोज २६, २०८० शुक्रबार १४:२२ बजे

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश समितिको कार्यसम्पादन समितिको बैठक सकिएको छ । कांग्रेसको निर्णय विपरित विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका केदार कार्कीको पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका प्रदेश सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रदेश समितिका महामन्त्री उमेश थापाका अनुसार संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई कार्यन्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।


प्रदेश समितिका अध्यक्ष एवं संसदीय दलका नेता उद्वव थापाको अध्यक्षमा बसेको बैठकले मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरिएको बताए ।

३१ सदस्यीय कार्यसम्पादन समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउन कांग्रेस संसदीय दललाई अनुरोध गर्ने र केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको जनाइएको छ ।


Author

थप समाचार
x