बागमती

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

इकागज |
असोज २३, २०८० मंगलबार १८:२७ बजे

फाइल फोटो

मकवानपुर - बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । 

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । 


मन्त्रिपरिषद्बाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशसभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो । 
रासस


Author

थप समाचार
x