बागमती

प्रदेश सभामा विधेयक दर्ता

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १७:२ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेश सभा सचिवालयमा ‘प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८०’ दर्ता भएको छ ।

प्रदेश सरकारको तर्फबाट पठाइएको उक्त विधेयक आज प्रदेश सभा सचिवालयमा दर्ता गरिएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।


प्रदेश सभाको हिउँदे अधिवेशनको बैठकमा सो विधेयकमाथि छलफलका लागि आवश्यक कार्यसूची तयार पार्ने क्रममा कानुनी प्रक्रिया सुरु गरिसकिएको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


Author

थप समाचार
x