गण्डकी

एमाले गण्डकी प्रदेश अधिवेशन आजबाट, ओली पाेखरा पुग्दै

इकागज |
असोज १५, २०८० सोमबार १०:२० बजे

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ ।  सो अधिवेशनको उद्घाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दैछन ।

अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालकाे तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, 'आज पोखरा आउँदै छु ।'



पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उद्घाटन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ । 


सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन् ।
 


Author

थप समाचार
x