समाज

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प

इकागज |
साउन १५, २०७९ आइतबार ८:५८ बजे

काठमाडौं - खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर १४ मिनेटमा खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको हो । 

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।


 

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिए ।


Author

थप समाचार
x