समाज

संसदीय सुनुवाइ समिति बैठकमा प्रस्तावित प्रधान न्यायाधीश कार्कीविरुद्धको उजुरी खोलिने

इकागज |
जेठ २९, २०८० सोमबार ९:५७ बजे

काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ । 

बैठकमा प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरुलाई वितरण गर्ने कार्यतालिका छ । यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो ।


सो समयमा परेका उजुरी सोमबार बस्ने बैठकमा खोल्ने र वितरण गर्ने संघीय संसदका उपसचिव विमला घिमिरेले जानकारी दिइन् । 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ । 
 


Author

थप समाचार
x