समाज

श्रीमतीको हत्या आरोपमा पक्राउ

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १६:३० बजे

अछाम- श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् ।

उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए । उनले भने, 'मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान् शेरबहादुरको नाममा किटानी जाहेरी दिएका छन् ।'


नायब उपरीक्षक पाठकका अनुसार श्रीमानले मदिरा सेवन गरेको पाइएको छ । उनले भने, 'अहिले हामी अनुसन्धानकै क्रममा छौँ । शव परीक्षणको प्रतिवेदन आएपछि थप अनुसन्धान गर्न सहज हुनेछ ।'

हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन् । रासस


Author

थप समाचार
x