समाज

कारागारबाट छुटेकै दिन ६० वर्षीया वृद्धाको हत्या

इकागज |
मंसिर १८, २०८० सोमबार १९:३५ बजे

काठमाडौँ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा कारागारबाट छुटेकै दिन एक वृद्धाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याललाई वृद्धाको हत्या अभियोगमा १५ मंसिरमा पक्राउ गरेकोमा आज सार्वजनिक गरेको हो ।


उनले कारागारबाट छुटेकै दिन त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङकी ६२ वर्षीया वृद्धा मनकुमारी सार्कीको हत्या गरेको प्रहरीले जनाएको छ ।

चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट उनी छुटेकी थिइन् ।

मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरू छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राति आफ्नै घरमा उनको शव भेटिएपछि सूक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिची हत्या गरिएको खुलेको प्रहरीको भनाइ छ । 

हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनील नेपाली पनि पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाई बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x